२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

करेन्ट लागेर दुईको मृत्यु

सिँचाइका लागि आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा रौतहटमा करेन्ट लागेर दुइ युवकको मृत्यु भएको हो ।

रौतहटको माधबनारायण नगरपालिका ४ बिशुनपुर्ब मानपुरमा बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।

स्थानीय ४० वर्षीय रामबाबु मुखिया आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घाइते मुखियाको प्रादेशिक अस्पताल गौरमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख राजन कार्कीले बताउनुभयो ।

त्यसैगरी जिल्लाको कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीया मोक्तार देवानको करेन्ट लागेर मृत्यु भएको थियो।

खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते देवनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ि

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस