२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

देवदहमा माइक्रोबसको ठक्करबाट २ युवा घाइते

रुपन्देहीको देवदह नगरपालिका–७ मिलनचोकमा बुधबार दिउँसो माइक्रोबसले स्कुटरलाई ठक्कर दिँदा दुई युवा घाइते भएका छन्।

बर्दघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८४५ नम्बरको माइक्रोबसले लु ७५ प ४९३० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा देवदह–४ का १८ वर्षीय सन्देश भोर्तेल र १६ वर्षीय अन्वेस श्रेष्ठ घाइते भएका हुन्।

घाइते दुवै जनाको अवस्था मध्यम रहेको र उनीहरूलाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस