२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

लुम्बिनी प्रदेशमा युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे नियुक्त

दाङ, १२ साउन ।

लुम्बिनी प्रदेश सरकार गठन भएको एक वर्ष पछि पूर्णता पाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिएका हुन ।

लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन ।

मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितीमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार सपथ ग्रहण गरेका हुन ।

लुम्बिनीमा खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपा संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका हुन ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस