२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ, १५ साउन।

दाङको तुलसीपुरस्थित मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो।

अस्पताल पुर्‍याइएपछि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा परेर मृत्यु हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका–१७ निवासी अन्दाजी १५ वर्षीय सबिन भण्डारी र सोही ठाउका अन्दाजी १७ वर्षीय मनोज रोका मगर रहेका छन्।

उनीहरूको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस