२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

खोलामा डुबेर दुई किशोरको मृत्यु

कपिलवस्तु, १५ साउन ।

खोलामा डुबेर कपिलवस्तुमा दुई किशोरको मृत्यु भएको छ। बिहीबार साँझ कपिलवस्तु नगरपालिका–१० स्थित बिकुली खोलामा नुहाउने क्रममा उनीहरूको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार मृतकहरू बाणगंगा नगरपालिका–५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरी हुन्।

प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार, पिरा र नगवा गाउँको बीचमा पर्ने बिकुली खोलामा साँझ करिब साढे ६ बजे ती दुई किशोर नुहाउन गएका थिए।

सोही क्रममा खोलामा डुबेर उनीहरूको मृत्यु भएको हो। घटनापछि स्थानीयवासी र प्रहरीले दुबै जनाको शव उद्धार गरेका थिए।

उनीहरूको शव पोष्टमार्टमका लागि पिपरा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस