प्रहरीको गोली लागेर एक जनाको मृत्यु
सप्तरी, २१ श्रावण ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरमा गएराति गोली चलेको छ ।
प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको छ ।
गएराति साढे १० बजेतिर प्रहरी टोलीले तस्करलाई धरपकड गर्ने क्रममा गोली चलेको प्रारम्भिक विवरण छ ।
प्रहरीले केही कार्टुन जाँडरक्सी पनि बरामद गरेको छ ।
सामान लिने भारतीय तस्करले पहिला प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा नेपाल प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीयवासीले प्रहरीले जानाजानी गोली चलाउँदा लालुको मृत्यु भएको बताएका छन् ।
घटनामा एकजना प्रहरी घाइते भएको जानकारी प्राप्त भए पनि ती प्रहरीको थप अवस्थाबारे प्रहरीले आधिकारीक विवरण सार्वजनिक गरिसकेको छैन ।।
प्रकाशित मिति : २०८२ साउन २१ गते बुधवार