२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु, १६ घाइते

काठमाडौं । सुनसरीको भोक्राहामा बस र विङ्गर एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर सोमबार बिहान ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस