जङ्गली हात्तीको आक्रमणमा परी घाइते महिलाको मृत्यु
काठमाडौँ, ३० साउन ।
जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–१ कि एक महिलालाई गत साउन ११ गते बरगाछीस्थित सडकमा मर्निङ वाक जाँदै गर्दा जङ्गली हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणमा परी घाइते भएकी ४६ वर्षीया सुनिता राईको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा शुक्रबार मृत्यु भएको हो ।
बिहान करिब ४ः१५ बजे सुनितासँगै उनकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो ।
प्रहरीका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो ।
घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार