२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, ३० साउन ।

प्रहरीले क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल छन् ।

उनीहरुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको हो । उनीहरूबाट १५ लाख ३३ हजार नगद समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस