२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

आज तीज पर्व मनाइँदै

दाङ, १० भदौ ।

आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले हर्षउल्लासका साथ तीज पर्व मनाउँदैछन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

तिज पर्वको अघिल्लो दिन दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तीजको अवसरमा देशभरका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस