विद्यालय शिक्षा विधेयक: दाङमा स्कुल बसको बिरोध र्याली
दाङ, १६ भदौ ।
विद्यालय शिक्षा विधेयकका केही बुँदा निजी विद्यालयको हित विपरीत रहेको भन्दै आन्दोलनरत निजी विद्यालयहरूले दाङ लगायत देशभर स्कुल बसको बिरोध र्याली निकालेका छन् ।
प्याब्सन दाङले पनि सोमबार दाङमा विभिन्न स्थानमा स्कुल बसको र्याली निकालेको छ ।
प्याब्सन दाङ अन्तर्गत दाङको घोराही, तुलसीपुर, लमही, भालुबाङ र गढवा नगर कमिटीले स्कुल बसको र्याली निकालेका छन् ।
दाङका पाँच स्थानमा निकालिएका स्कुल बसको र्यालीले नगर परिक्रमा गरेका थिए ।
दाङका पाँच स्थानमा चार सय बढी स्कुल बसको र्यालीले नगर परिक्रमा गरेका थिए ।
प्रकाशित मिति : २०८२ भाद्र १६ गते सोमवार