२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

कपिलवस्तुमा शंकास्पद वस्तु फेला

कपिलवस्तु, १६ भदौ ।

कपिलवस्तुमा शंकास्पद वस्तु फेला परेको छ । यशोधरा गाउँपालिका वडा नं १, रंगपुरतिर जाने जमुवार खोला पुल छेउमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।

पुलमाथि रातो कपडाले बेरिएको माटोको घैंटो जस्तो देखिने अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा सतर्कता अपनाएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगेर अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

प्रकाशित मिति : २०८२ भाद्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस