२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

अपरिचित व्यक्तिले गरे दुई बालकको अपहरण

कपिलवस्तु, २ कार्तिक ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–४ दरखास्तबाट आइतबार बिहान दुई बालकलाई अपरिचित व्यक्तिले अपहरण गरेर लगेका छन्।

स्थानीय सम्राट मल्ल र सान्विक मल्ललाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिमतर्फ लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनापछि प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहको कमाण्डमा तत्कालै व्यापक प्रहरी परिचालन गरिएको थियो।

प्रहरीको सक्रियतापछि केही घण्टामै बालकहरू सम्पर्कमा आएका र सुरक्षित अवस्थामा भेटिएको सिंहले जानकारी दिए।

घटनाको थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस