तुलसीपुरमा घरको छतबाट खस्दा दुई वर्षीय बालक घाइते
दाङ,२ कार्तिक ।
दाङको तुलसीपुरमा घरको छतबाट खस्दा दुई वर्षीय बालक घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा घरको छतबाट खस्दा बालक घाइते भएका हुन् ।
एकतले घरको छतमा खेल्ने क्रममा तल खस्दा टाउकोमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।
घाइते बालकलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको र अहिले सामान्य उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव निरीक्षक सालिकराम भट्टराईको कमाण्डमा टोली खटिएको छ। थप विवरण आउन बाँकी छ
प्रकाशित मिति : २०८२ कार्तिक २ गते आइतवार