२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

अमेरिकाद्वारा एमसिसी नेपाल सम्झौतामा ७ अर्ब रुपैयाँ रकम थप गर्ने घोषणा

काठमाण्डौँ

नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को एमसिसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन्।

यससँगै उक्त सम्झौता अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस