२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

तीव्र गतिको मोटर साइकल अनियन्त्रीत भई ट्रकमा ठोक्किँदा एकको मृत्यू एक घाइते

सुनसरी ।

तीव्र गतिको मोटर साइकल अनियन्त्रीत भई सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँएको प्रहरीले बताएको छ । दुर्घटनाबाट इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस