२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

कटुवा पेस्तोल सहित दुई जना पक्राउ

रुपन्देही

रुपन्देहीको गैडहवा गाउँपालिका-३ पोहवाचोकस्थित दरबार होटल एण्ड रेष्टुरेन्टबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत सिद्धाथनगर सदरथाना डिहवा बस्ने ५२ वर्षीय महमद रमजान र भारत थानाबासी मरचहवा बस्ने ४२ वर्षीय सञ्जय पासी रहेका छन्।

इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस