रुकुमपूर्वमा भरुवा बन्दुकसहित तीन जना पक्राउ
रुकुमपूर्व, २९ मंसिर ।
रुकुमपूर्वमा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन्। पुथा उत्तरगंगा गाउँपालिका–८ बाट प्रहरीले भरुवा बन्दुक दुई थान र ती बन्दुकमा प्रयोग हुने बारुदसहित तीन जनालाई आइतबार राति नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सोही गाउँपालिका–८ खराङ निवासी ३० वर्षीय शेरबहादुर थापा, ४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन्।
प्रहरीका अनुसार शेरबहादुर थापाको गोठ खानतलासी गर्दा अवैध हातहतियार फेला परेपछि उनीलाई पक्राउ गरिएको हो।
घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते सोमवार