२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना

काठमाडौं ।

काठमाडौंको शंकरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवा जाने सडकखण्डमा बस दुर्घटनामा परेको छ।

केहीबेर अघि भएको दुर्घटनामा बस सडकबाट करिब ६० देखि ७० मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्घटनापछि घाइतेहरूको उद्धार कार्य भइरहेको छ।

हालसम्म दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण खुल्न सकेको छैन।

दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस