२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्दै आशिका तामाङ

काठमाडौं ,५ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा आशिका तामाङलाई उम्मेदवार बनाएको छ । सोमबार रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले तामाङलाई टिकट हस्तान्तरण गरेका हुन् ।

रास्वपाका केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ–१ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्नेछिन् । यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर–९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएकी थिइन् ।

तर पछिल्लो निर्णयअनुसार उनी रास्वपाको आधिकारिक उम्मेदवारका रूपमा धादिङ–१ बाट चुनावी मैदानमा उत्रिने भएकी हुन् ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस