२०८३ मङ्सिर ८ गते सोमवार | 2026 November 23rd Monday

तीव्र गतिका मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट, ९ माघ ।

रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गौर-पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८ प २३४६ र भारतीय नम्बरको बीआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिकाका अशोक महतो र राजदेवी नगरपालिकाका अरविन्द महतोको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेका दुवै मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका क्रममा ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी काघर्यालय रौतहटले जनाएको दिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस