प्रहरीद्धारा लुटेरा समूहमाथि गोली प्रहार
काठमाडौँ ।
काठमाडौँको मूलपानीमा प्रहरीले लुटेरा समूहमाथि गोली प्रहार गरेको छ । गएराति लुटेरालाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएको हो ।
गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी रमेश थापाले जानकारी दिए ।
प्रहरीले दुई राउन्ड गोली चलाएको हो । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएका छन् ।
पक्राउ परेका लुटेराहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहिवार