२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

सिरहामा खेत जोत्न गएका एक जना गोली हानेर हत्या

सिरहा, १६ माघ ।

सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् ।

स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए।

यादवको घटनास्थलमै मृत्यु भएको हो । यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले पनि प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको जानकारी दिए।

तर कसले र किन गोली हानेको हो भन्ने विषयमा हालसम्म केही खुल्न नसकेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस