२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

वैदेशिक रोजगारीको नाममा ४४ लाख ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं, ६ फागुन ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ तथा खोटाङ केपिलासगढी गाउँपालिका–२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका छन्।

प्रवक्ता कार्कीका अनुसार सरस्वती श्रेष्ठले जापान पठाइदिने भन्दै रु २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाइदिने भन्दै रु १७ लाख तथा मनिराज राईले अल्बानिया पठाइदिने भन्दै रु तीन लाख ७० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस