२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा ।

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बेलुकी सवा ९ बजे रैनादेवी छहरा गाउँपालिका-१ मा सिद्धेश्वरबाट सर्देवा जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर सडकबाट झन्डै २०० मिटर तल खसेर दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा टिपर चालक रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीका ३४ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको हो।

उनलाई गम्भीर अवस्थामा उद्धार गरी लुम्बिनी मेडिकल कलेजमा पुर्‍याइएको थियो। चिकित्सकले मेडिकल कलेज पुगे लगत्तै मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस