सिरहा जिल्ला अदालत अगाडि कुकर बम विस्फोटको घटनामा एक जना पक्राउ
सिरहा, ६ चैत ।
सिरहा जिल्ला अदालत अगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोटको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ निवासी गुमस्ता यादव रहेका छन् ।
उनलाई शंकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । ‘हामीले शंकाको आधारमा एक जनालाई पक्राउ गरेका छौं, हाल चार दिनदेखि अनुसन्धान जारी छ ।’
अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिने प्रहरीको भनाइ छ ।
पक्राउ परेका यादव सिरहा अदालतअगाडि कार्यालय खोलेर लेखापढी गर्दै आइरहेका थिए ।
प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार