२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

दाङमा पर्खाल भत्कीदा एकको मृत्यु, एक घाइते

दाङ, ३० चैत ।

दाङको तुलसीपुरमा इँट्टा भट्टाको पर्खाल भत्किँदा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ जहदागाउँस्थित सेवा इँट्टा भट्टामा काम गर्ने क्रममा इँट्टाको पर्खाल भत्किएको हो ।

पर्खालले च्यापिएर भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तिर्थराम पासवानको मृत्यु भएको हो । पर्खालको इट्टाले च्यापिएका पासवानलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतकको पहिचान उहाँको आधार कार्डका आधारमा खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोही घटनामा परी ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते हुनुभएको छ ।

उहाँलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस