२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

जिबी राई कहिले पक्राउ पर्छन् ?: सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारमाथि प्रश्नैप्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाँदर व्यवस्थापन, सुकुम्वासी समस्यादेखि सरकारी पीडितलाई बाँडिएको पैसासम्म सरकारको जवाफ मागे।

श्रम संस्कृति पार्टीका महासचिव समेत रहेका राईले भने, ‘बाँदर व्यवस्थापन कहिले हुन्छ रु सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ रु जिबी राई कहिले पक्राउ हुन्छ रु किसानहरूको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्रै हुन्छरु’

उनले सहकारी पीडितहरूले जनताको करबाट तिरेको पैसा दिन नहुने बताए। ‘जनताले तिरेको करबाट होइन, राज्यको कोषबाट होइन’ उनले सोधे ‘यदि सरकारले सहकारी, बैङ्क, अन्य व्यवसाय गर्दा डुबेको पैसा सरकारले तिरिदिने नीति लिएको हो ? साभारः नेपाल प्रेस

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस