२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

स्थानीय तहमा भूमि बैंक सञ्चालन गरीने

दाङ, ७ साउन ।

सरकारले स्थानीय तहमा भूमि बैँक सञ्चालनमा ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रयोगविहीन तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक बनाउन देशभर भूमि बैंक सञ्चालन प्रक्रिया अघि बढाएको छ।

भूमि उपयोग ऐन, २०७६ र नियमावली, २०७९ अनुसार स्थानीय तहमार्फत यस्ता जग्गा उपयोगमा ल्याइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत भइसकेको र सबै स्थानीय तहमा परिपत्र पठाइसकिएको छ।

अब प्रत्येक स्थानीय तहले भूमि बैंक स्थापना गरी बाँझो जग्गा उत्पादनमा ल्याउने प्रक्रिया अघि बढाउनेछन्। मन्त्रालयले जग्गाधनी तथा सरोकारवालालाई स्थानीय तहसँग समन्वय गरी यस व्यवस्थाबाट लाभ लिन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस