दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पक्राउ
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
दूरसञ्चारसम्बन्धी कसुरमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राती धापाखेलबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो ।
उनलाई आजै म्याद थपका लागि अदालत लगिने तयारी भएको समेत जबराले जानकारी दिए ।
प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार