२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

वरिष्ठ सई होटलमा मृत फेला

बागलुङ । बागलुङ इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक ९वरिष्ठ सई० उज्वल पौडेल मृत फेला परेका छन्।

सोमबार राति बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटलको तल्लो तलामा पौडेल मृत फेला परेका थिए ।

पौडेल होटलमा मृत फेला परेको भन्दै होटल सञ्चालकले राति १२ बजे वडा अध्यक्षलाई जानकारी गराएको र वडा अध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राती २ बजे प्रहरी चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मदन केसीले जानकारी दिए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक राजाराम खड्काको टोली पुगेर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस