२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

साउन १५, खीर खाने दिन

दाङ, साउन १५ । नेपालीहरुले खीर खाएर साउन १५ मनाउँदैछन् ।

आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ।

साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निणर्य गरेको हो ।

नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ ।

चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकार खीरबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ ।

डेरी व्यवसायीका अनुसार साउन १५ मा अन्य दिनको तुलनामा ४ र ५ गुणा बढी दुधको कारोबार हुने गरेको छ ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस