इन्धन वितरणमा व्यापक दुरुपयोग
दाङ १७ साउन ।
तुलसीपुर उपमहानगरपालिकाले इन्धन वितरणमा दुरुपयोग गरेको पाइएको छ।
उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्रविपरीत सांसददेखि पत्रकारसम्मलाई इन्धन दिएको पाइएको छ ।
यसरी पेट्रोल लिनेमा इलाका प्रहरी कार्यालय तुलसीपुर एक हजार ९५ लिटर, पत्रकारतर्फ पाँच सय ७६ लिटर, सशस्त्र प्रहरी बल बेस एक सय ६५ लिटर,
संघसंस्थालाई पाँच सय ९० लिटर, दलका भ्रातृ संगठनलाई दुई सय ३० लिटर प्रदान गरिएको छ। त्यस्तै एनजिओ आइएनजिओलाई २ सय ५ लिटर, सांसदलाई २ सय ६ लिटर, व्यक्तिविशेषलाई तीन हजार पाँच सय ९७ लिटर प्रदान गरिएको छ।
उपमहानगरपालिकाले गएको आर्थिक वर्ष ०७८ र ७९ मा सोहीबराबरको इन्धन वितरण गरेको छ । ६ हजार ६ सय ६४ लिटर इन्धन त्यसरी वितरण गरेको पाइएको हो।


प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार