२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

राजिनामा दिएको डेढ महिना पछि फेरि काममा फर्किए वडा अध्यक्ष शाह

दाङ, १८ साउन । घोराही उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष जितेन्द्र शाहले अध्यक्ष पदबाट राजीनामा दिएको करिब डेढ महिना पछि पुनः काममा फर्किएका छन् ।

उपमहानगरले असार १० गते ल्याएको बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिएका थिए ।

वडाका लागि प्रयाप्त बजेट विनियोजन नभएपछि उनले पदबाट राजीनामा दिएका थिए । वडाध्यक्ष शाहले राजीनामा दिए पनि उनको राजिनामा भने स्वीकृत भएको थिएन् ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष शाह पुनः काममा फर्कियका हुन । महानगरपालिकाले उनको विकास योजनाको मागलाई सम्बोधन गर्ने सहमती भएपछि उनि साउन १८ गते बिहीबारबाट पुनः काममा फर्किएका हुन् ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस