२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

जंगली च्याउ खाँदा एकजनाको मृत्यु

दाङ, १९ साउन । जाजरकोटमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा जिल्लाको बारेकोट गाउँपालिका ४ सार्की टोलका १८ वर्षीय तुले सार्कीको मृत्यु भएको हो।

उनकी आमा अन्दाजी ५० वर्षीया डिल्ली सार्की गम्भिर बिरामी भएको वडा अध्यक्ष विष्णु रावतले जानकारी दिए। उनलाई बिहानै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा पठाइएको अध्यक्ष रावतले जानकारी दिए।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस