बर्दियामा बाढी, भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह
बर्दिया । बर्दियाको बारबर्दिया क्षेत्रमा जलसतह सतर्कता तहनजिक पुगेको छ ।
आइतबार दिउँसो सतर्कता तहनजिक पुगेको र जलसतह बढ्दो क्रममा रहेको जनाईएको छ ।
बारबर्दिया क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ११ डुवानमा परेको छ । बबई नदि गाउँमा पसेपछि गाउ नै डुवानमा परेको हो ।
डुवानबाट मानवीय क्षति नभएपनि सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार