२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

बंगलाचुलीमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

दाङ । दाङको बंगलाचुलीमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर बिरामी परेका छन् ।

जंगली च्याउ खाँएर विरामी परेकी बंगलाचुली गाउँपालिका ४ कि ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको हो ।

विषालु च्याउ खाँदा बिरामी अस्मितालाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछी थप उपचारका लागि वुटवल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक अस्मिताको आमा २७ वर्षिया ईश्वरी सुनारको पनि अवस्था गम्भिर रहेको छ ।

उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसियुमा र मृतक अस्मिताका बुवा अजय सुनारको घोराहीमै उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस