२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

बिजौरी उवासघंले दुई सल्लाहकारलाई स्वागत ग¥यो

तुलसीपुर, ३२ साउन ।
बिजौरी उद्योग वाणिज्य सघंले नयाँ दुई सल्लाहकारलाई स्वागत गरेको छ ।

सघंले बिहिवार बिजौरीमा एक कार्यक्रमको आयोजना गरि सघंका कानुनी सल्लाहकार विष्णुमणी धिताल र प्रेस सल्लाहकार यमकला भुसाललाई स्वागत–सम्मान गरेको हो ।

सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सघंका कानुनी सल्लाहकार एवं वरिष्ठ अधिबक्ता विष्णुमणी धितालले सघंले सञ्चालन गर्ने हरेक क्रियाकलापमा सगंसगै रहने र पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै प्रेस सल्लाहकार यमकला भुसालले उद्योग वाणिज्य सघंको विधि विधानमा टेकेर जिम्मेवारी पुर्वक सघंका गतिविधिहरुलाई आम नागरिकसम्म पु¥याउन कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाइन ।

कार्यक्रममा बिजौरी उद्योग वाणिज्य सघंका पुर्ब अध्यक्ष मुक्त बहादुर वलि (मुकेश),निर्वतमान महासचिव बिदुर गौतम,रेडक्रस बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मी लगाएतले नयाँ कार्यसमिति आइसकेपछि सघंका काम–प्रगतिहरु तिब्र गतिमा भैरहेको भन्दै प्रसंसा गरे ।

सघंका गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिदैँ लैजान उनीहरुले आग्रह गरे ।

त्यस्तै उनीहरुले आर्थिक मन्दीका कारण पछिल्लो समय धरासायी बन्दै गएका व्यापार व्यवसायलाई माथी उठाउन र व्यवसायीको हक हितका निम्ती सघंले पहल गर्नुपर्ने बताए ।

बिजौरी उद्योग वाणिज्य सघंका उद्योग उपाध्यक्ष चित्र बहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सघंका महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस