सडक बिस्तार र मर्मतको माग गर्दै बिजौरी उवासघंद्वारा मुख्यमन्त्री चौधरीलाई ७ बुदेँ ज्ञापन पत्र
दाङ, ३२ साउन ।
बिजौरी उद्योग बाणिज्य सघंले सडक बिस्तार र मर्मतको माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ७ बुदेँ ज्ञापन पत्र बुझाएको छ ।
बिहिवार बिजौरी उद्योग बाणिज्य सघंका अध्यक्ष रेश्मीराज खडकाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाइकार्यकक्षमै पुगेर ज्ञापन पत्र बुझाएको हो ।
बिजौरी उद्योग बाणिज्य सघंको मातहतमा रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. १४,१५,१६,१७,१८ र १९ का उद्योगी,
व्यवसायीर जनताहरुबाट व्यापार,व्यवसायमा अत्यन्तै दखल भएको जनगुनासो आएकोले यस क्षेत्र भित्र पर्ने सडक विस्तार र मर्मत सम्भारकालागि आवश्यक बजेट माग गरिएको सघंका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिजौरी उद्योग वाणिज्य सघंको क्षेत्र भित्र पर्ने रोल्पा दहबन,रानीवास,कुर्जा,कुटेचौर,बिजौरी हुदैँ डुरुवा जलकुण्डी सडकबिस्तार तथा मर्मत गर्ने,गुहारखोला रानीवास पक्की पुल निमार्ण गर्ने,बिजौरी स्यालापानी,छिल्लीकोट सडक बिस्तार गर्ने,
बिजौरी शिवालय,बकुलाही,साइपुरसम्म सडक मर्मत गर्ने,बिजौरी भट्टेकुला,साइपुर सडक मर्मत तथा बिस्तार गर्ने, हेमन्तपुर, निमुवा,
जमेराहुदैँ बनकट्टासम्म सडक मर्मत गर्ने र जुरपनीया मैनातारा खानेपानी कार्यालय देखि हंसपुरा,अक्कासी,गैरा जोड्ने सडक मर्मत तथा पक्कीगर्नका लागि मुख्यमन्त्री चौधरीलाई आवश्यक बजेटको माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री चौधरीले बिजौरी क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामेरा र सडक बत्तीको लागि तत्कालपहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले आगामी वर्षसम्म अन्य मागहरुलाई पनि सम्बोधन गर्ने बताउनुभएको छ ।