२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

पतञ्जली योग समितीद्वारा क्यानसर पिडीतलाई आर्थिक सहयोग

दाङ । घोराही उपमहानगरपालिका १० कि क्यानसर पिडीत भूमि केसीलाई पतञ्जली योग समिती नारायणपुरले आर्थिक सहयोग गरेको छ ।

शनिवार नारायणपुरमा आयोजित एक कार्यक्रममा योग समितीका सदस्य तथा विभिन्न व्यवसायीहरुहरुबाट स्वयीच्छीक रुपमा संकलन गरिएको नगद ५० हजारको चेक क्यानसर पिडीत भूमि केसीलाई हस्तान्तरण गरिएको थियो ।

ठुलो आन्द्रामा क्यानसर भएको र उपचारका लागि रकम अभाव भएको भन्दै नारायणपुरका योग समितीका सदस्य तथा व्यवसायीहरुबाट आर्थिक संकलन गरेर पिडित महिलालाई सहयोग गरिएको योग प्रशिक्षक दानबहादुर बुढाथोकीले जानकारी दिनु भयो।

क्यानसर अस्पताल चितवनमा उपचार गराइरहनु भएकी भूमी केसीले ८ वटा किमो चढाइ सकेको र थप अरु ४ वटा किमो चढाउनु पर्ने बताउनुभयो ।

उहाँले आर्थिक सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने अन्य सहयोगी मनहरुलाई सहयोग गरिदिन र आफ्नो ज्यान बचाइदिन आग्रह गर्नु भयो ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस