संघ सरकारका कारण प्रदेश सरकारले फुल फेजमा काम गर्न पाएन: मुख्यमन्त्री चौधरी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सघ सरकारका कारण प्रदेश सरकारहरुले फुल फेजमा काम गर्न नपाएको बताउनु भएको छ ।
संघिय सरकारले प्रदेश सरकारहरुलाई दिने अधिकारहरु हस्तान्तरण नगरेका कारण प्रदेश सरकारमाथी नै प्रश्न उठन थालेको मुख्यमन्त्रीको भनाइ छ ।
संघ प्रदेश र स्थानिय तहको सुचिका आधारमा कार्य विस्तृतीकरण प्रारम्भिक सुझाव संकलनका लागि प्रदेश स्तरीय अन्तरक्रिया तथा कार्यशाला गोष्ठीमा मुख्य मन्त्री चौधरीले संघियता फेल भयो भने त्यो प्रदेश सरकारका कारणले नभएर संघिय सरकारका कारणले फेल हुने बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले संघियता आम नागरीकको जिवनस्तरमा देखिने र सुनिने गरी हुनुपर्ने भन्दै संघ सरकारले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरे प्रदेशबाट बिद्रोहको शुरुवात हुने पनि बताउनुभयो।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय समन्वय परिषदको सचिवालयको आयोजना र लुम्बिनी प्रदेश सरकारको समन्वयमा भएको कार्यक्रममा ५ छुट्टा छुट्टै समिती बनाएर छलफल गरिएको थियो भने प्रदेश सरकारका मन्त्रीहरु सचिवहरु, प्रदेशसभा सदस्य, स्थानिय पालिकाका प्रमूखहरुले सुझाव प्रस्तुत गरेका थिए।