काठमाडौंबाट पोखरा जाँदै गरेको बस दुर्घटना
धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस दुर्घटना भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित चालिसेमा बस दुर्घटना भई त्रिशुली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे त्रिशुली नदीमा खसेको हो।
दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। बसमा कति यात्रु थिए भन्नेबारे खुल्न बाँकी छ ।
प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार