२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

काठमाडौंबाट पोखरा तर्फ जादै गरेको बस दुर्घटना ८ जनाको मृत्यु (अपडेट)

धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-२ छहरेमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

बस बुधबार बिहान १०ः३० बजेतिर सडकबाट त्रिशुली नदीमा खसेको हो । नदीमा बस खसेपछि स्थानीय बासिन्दाले प्रहरीको सहयोगमा उद्धार गरिरहेका छन् ।

८ जनाको उद्धार गरि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ ।

उद्धारकार्य जारी रहेकोले थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस