२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

बिपी कोइरालाले प्रतिपादन गरेका सिद्धान्त युवा पुस्ता माझ पु¥याउन आवश्यक छ : मुख्यमन्त्री चौधरी

घोराही, २४ भदौ । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिपी कोइरालाले प्रतिपादन गरेका सिद्धान्त र बिचारहरुलाई युवा पुस्ताका माझ पु¥याउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस दाङले आइतवार घोराहीमा आयोजना गरेको अन्तरमाध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगिताको उद्घाटनसत्रमा बाेल्दै मुख्यमन्त्री चौधरीले बिपी कोइरालाको राजनीतिक एवं साहित्यिक योगदानको चर्चा गर्दै उहाँको योगदानलाई नयाँ पुस्तामाझ पुर्याउन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले अहिलेको उपलव्धीको स्थायित्वसँगै कांग्रेसलाई बलियो र संगठित पार्टी बनाउनका लागि बिपीका बिचारहरु विद्यार्थीहरुसँगै युवापुस्तामाझ पु¥याउन पार्टीले गरेको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

राजनीति गर्ने नेताहरुले बिपीका बिचार र प्रतिपादन गरेका सिद्धान्तहरु अनुशरण गर्न नसक्दा पार्टी कमजोरसँगै जनतामा वितृष्णा छाउने काम भएको भन्दै उहाँले नेताहरु अध्ययनशिल र विचारहरु अनुशरण गरेको हुनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री चौधरीले राजनीति सेवाभन्दा पनि व्यक्तिगत स्वार्थकेन्द्रीत बन्न खोज्दा जनतामा निराशा छाएको भन्दै जनतामा छाएको निराशा हटाउँदै गाउँगाउँमा रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि प्रदेश सरकार लागेको बताउनुभएको थियो ।

नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बिपी जयन्तीका अवसरमा मात्रै नभएकार बिपीका बिचारहरुलाई सवैद नेता तथा कार्यकर्ताहरुले सम्झनुपर्ने बताएका थिए ।

कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस