२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

एमाले नेता सुवास नेम्वाङको निधन 

काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएको छ ।

राति १ बजेतिर हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

अस्पतालस्रोतले दिएको जानकारीअनुसार राति १ बजेर २० मिनेटमा उनलाई अस्पताल लगिएको थियो ।

बिहान सवा ४ बजे नेम्वाङको निधन भएको थियो । राति बाथरुम जाने क्रममा उनी एक्कासी ढलेको परिवारका सदस्यको भनाई रहेको छ ।

परिवारका सदस्यले तत्कालै अस्पताल पुर्‍याएको भए पनि बाटोमै उनको निधन भएको बताइएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस