मुख्यमन्त्री चौधरीद्वारा नविना थारुको सालिक अनावरण
बर्दिया । वन्यजन्तु पिडित नविना थारुको सालिक अनावरण अनावरण गरिएको छ ।
बुधवार लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सालिक अनावरण गर्नुभएको हो ।
शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले नविना थारुलाई सहिद घोषणा गर्न केन्द्र सरकार समक्ष पहल गर्ने बताउनुभयो ।

प्रदेश सरकारले सहिद घोषणा गर्न नपाउने बताउदै उहाँले प्रदेश सरकारले पहल गर्ने बताउनु भएको हो ।
केन्द्र सरकारले नविनाको परिवारलाई दिने भनेको २० लाख राहत रकम मध्ये ८ लाख बाँकी रहेको परिवारले जानकारी दिएको बताउदै बाँकी राहात रकम तत्कालै निकासा गर्न लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकार समक्ष पहल गर्ने उहाँको भनाई थियो ।
मुख्यमन्त्री चौधरीले वन्यजन्तु नियन्त्रणका लागि प्रदेश सरकारले नितिगत निर्णय गरि आगामी दिनमा यस्ता खालका घटना हुन नदिन सचेत रहेको बताउनुभयो ।
उहाँले वन्यजन्तु पिडित परिवारका बालबालिकाहरुको निशुल्क उच्च शिक्षाको लागि विद्यालयहरुसँग छलफल गर्नेबताउनु भयो ।

उहाँले भन्नुभयो ‘सबै पिडित पिरवारलाई जागिरको व्यवस्था गर्न नसकिएला तर आयआर्जन गर्न सक्ने कार्यक्रम प्रदेशसरकारले सन्चालन गर्ने छ ।’
बर्दियाको मधुवन नगरपालिकाको ओराली बजारमा २०७९ जेठ २३ गते वन्यजन्तु पीडितहरुले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी विच भएको झडपमा प्रहरीको गोलि लागी उनको मृत्यू भएको थियो।
बर्दिया जिल्लामा निरन्तर रुपमा बाघको आक्रमणबाट स्थानीय बासिले ज्यान गुमाउनुपरेको भन्दै स्थानियले प्रदर्शन गरेका थिय।

त्यस्तै अनावरण कार्यक्रममा बोल्दै नेपालि काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले वन्यजन्तु द्वन्द दिर्घकालिन रुपमा न्यूनिकरणका लागि प्रदेश सरकारसँग आवस्यक वजेटकालागि पहल गर्ने बताउनुभयो ।
बर्दियाका जनतालाई वन्यजन्तुबाट सुरक्षित राख्न हरेक क्षण प्रयासरत रहेको उहाँले बताउनुभयो ।