२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

कात्तिक १७, शुक्रबार
बर्दियामा पाटे बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिकामा एक महिलाको ज्यान गएको छ ।

शुक्रवार दिउँसो २ बजेतिर बाख्रा चराउन चिरौटे सामुदायिक वनमा गएकी मधुवन–५ कि २८ वर्षीया गायत्री डाँगीको पाटे बाघको आक्रमणबाट ज्यान गएको वडाध्यक्ष दिलिप गुरुङले जानकारी दिए।

महिलाको शव सामुदायिक वनभित्र भेटिएलगत्तै पोस्टमार्टमका लागि गुलरिया लगिएको सब डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत सन्तोष चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस