२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

बालबालिका भविष्यका कर्णधार – कार्यबाहक नगर प्रमुख योगी

दाङ – लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले आजका बालबालिका भविष्यका कर्णधार भएको बताउनु भयो ।

रोजी बड्स बालबाटिका बोर्डिङ स्कुल लमहीको २३ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्दै कार्यबाहक नगर प्रमुख योगीले बालबालिकालाई राम्रो सस्कार सिकाऔं, नैतिकता, अनुशासन र पारदर्शिताको पाठ सिकाऔं, यो नै हामी सबैको दायित्व हो”- उहाँले भन्नू भयो। साथै अभिभावकले असल शिक्षा प्रदान गर्न सके मात्र गुणस्तरीय शिक्षा मान्न सकिने बताउनु भयो ।

देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शिव ओली, विद्यालयका पुर्व विद्यार्थी भोजराज थापा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालयको शैक्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक वसन्त न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै विद्यार्थीहरुले बिज्ञानकला प्रदर्शनी समेत गरेका थिए । सामाजिक योगदान पुर्याउने विभिन्न व्यक्ती, खेलकुदमा उत्कृष्ट भएका खेलाडी प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कुमार वलीको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक सुरेश शाहले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षकद्वय कृष्ण घिमिरे र पूर्ण वलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस