सट्टेबाजी गर्ने १३ जना पक्राउ
रुपन्देही । गैर कानुनी रुपमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै भारतको राजस्थान जयपुरका रहेका छन् ।
बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई बुटवल प्रहरीले प्रकाउ गरेको हो ।
पक्राउ परेका युवाहरूले २ वटा फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा मार्न पुगेको हो ।
प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने ३९ थान मोवाइल, १३ थान कम्यूटर लगायतका सामान नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले बताउनु भयो ।
१३ जना भारतीय प्रक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । उनीहरुले गत मंसिरदेखि अफिस संचालनका लागि भन्दै घरको २ वटा फ्ल्याट भाडामा लिएको बताइएको छ ।
उनीहरुको वारेमा थप अनुसंन्धान भैरहेको प्रनाउ पण्डितले बताउनु भयो ।