नारायणपुर उवासंघमा संयुक्त प्यानल विजयी
दाङ, २९ वैशाख। नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी भएका छन् ।
संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा ९बिट्टु० ले ९० मत प्राप्त गरेका छन् । त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट उद्योग उपाध्यक्ष पदका उम्मेदवार रहेका बसन्त न्यौपानेले २ सय ७ मत लिई विजयी भएका छन् भने सचेत युवा व्यवसायी प्यानलका धरमबहादुर बस्नेतले १ सय ८४ मत लिएका छन् ।
त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार रहेका कुलराज खनालले २ सय ५७ मत प्राप्त गरी विजयी भएका छन् भने सचेत युवा व्यवसायी प्यानलका सनतकुमार आचार्यले १ सय ४१ मत लिएका छन् ।
त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट सचिव पदका उम्मेदवार रहेका मिना भण्डारीले २ सय १० मत लिई विजयी भएकी छिन् भने सचेत युवा व्यवसायी प्यानलका तिलकबहादुर भण्डारीले १ सय ८२ मत लिएका छन् । कुल ४ सय ३२ मतदाता रहेकोमा ४ सय ६ मत खसेको थियो ।